अर्थ संसार, काठमाडौं– संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा माछापुच्छे बैंक लिमिटेडले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित दोविल्ला परिसरमा वृक्षारोपण गरेको छ । 
बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका, रघैचौर टोल विकास संस्था सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पुर्याउने उद्धेश्यले पोखरा महानगरपालीकाको सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा करिव ७० भन्दा बढि विरुवाहरु रोपिएको थियो ।
त्यसैगरी बैंकले मनोरम नगर समाजको संयुक्त सहकार्यमा भक्तपुरको मनोहरामा मा वृक्षारोपण गरेको छ । भक्तपुरस्थित मनोहरा जग्गा एकीकरण आयोजनाले छुट्याएको मनोरम समाज क्षेत्रको ग्रिनवेल्ट लगायतका स्थानमा वृक्षारोपण कार्यक्रमगरिएको हो ।  
माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।  
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १३१ वटा शाखाहरु लगायत ११२ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा २४३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा  प्रदान गर्नुका साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु मर्फत ग्राहक महानुभावहरुलाई सेवा प्दान गरिरहेको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस