Like us!
Follow us!
Connect us!
Watch us!

सगुनले ग्लोबल मार्केटमा जारी गर्यो २ अर्ब रुपैयाँको मिनी आइपिओ

विहीबार, २७ माघ २०७३, १७ : ५९ मा प्रकाशित

सगुनले ग्लोबल मार्केटमा जारी गर्यो २ अर्ब रुपैयाँको मिनी आइपिओ

अर्थ संसार

काठमाडौं– सगुनले सर्वसाधारणबाट २ करोड डलर (करिव २ अर्ब रुपैयाँ) बराबरको लगानी उठाउने उद्देश्यले  अनलाइन माध्यमबाट शेयर बिक्री गर्ने घोषणा गरेको छ । सगुन नेपालले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी  संसारको जुनसुकै कुनामा रहेका सबैले सगुनमा कम्तिमा २९९ डलर लगानी गरी यसको शेयरधनी हुन सक्ने जानकारी दिएको छ । 

सगुनले पेश गरेको प्रस्तावलाई एक साताअगाडि संयुक्त राज्य अमेरिकाको धितोपत्र कारोबार आयोगले स्वीकृति दिएको थियो । उक्त स्वीकृति पश्चात् सगुनले ग श्रेणीको ८,६९,५६४ कित्ता साधारण शेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री सुरु गरेको जनकारी सगुनका नेपाल प्रतिनिधि अजयवावु शिवाकोटीले दिए । सगुनको सेयरधनी बन्न कम्तीमा १३ कित्ता शेयर किन्नु अनिवार्य हुन्छ । त्यसभन्दा माथि व्यक्तिले आफ्नो इच्छा अनुसार सेयर खरिद गर्न सक्नेछन् ।  बिक्रीको लागी छुट्याइएको सेयर सगुनको वेबसाइट www.sagoon.com/invest मार्फत सर्वसाधारणले खरिद गर्न सक्नेछन् । 

सगुनका संस्थापक गोविन्द गिरीले लगानीको महत्वपूर्ण अबसर आफ्नो समुदायका ब्यक्तिलाई बाँड्न चाहेको बताए । ‘लगानीकर्ताहरु सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट लाभान्वित हुनुहुनेछ,’ उनले भने, ‘‘अमेरिकाको जव्स एक्ट २०१२ को प्रावधानबमोजिम हामीले समाजका विभिन्न पक्षहरुमा सकारात्मक प्रभाव पार्न सक्ने भएका छौं ।’

सगुनले सेयर बिक्री सुरु गर्नुअगाडि आफ्नो वेवसाइटबाट लगानीको प्रतिवद्धता मागेको थियो । त्यसमा अमेरिका, क्यानडा, भारत, बेलायत, दक्षिण, कोरिया, जापान, अष्ट्रेलिया, युएई, इजरायललगायतका देशका ४ हजार लगानीकर्ताहरुले ७० लाख डलरभन्दा बढी लगानी गर्ने इच्छा व्यक्त गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको