Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र भेनस हस्पिटल बिच सहकार्य

रबिन दङगाल

बुधबार, १५ साउन २०७६, १६ : ०० मा प्रकाशित

सिटिजन्स बैंक र भेनस हस्पिटल बिच सहकार्य

अर्थ संसार, काठमाडौँ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रमध्यबानेश्वर स्थित भेनस हस्पिटलबिच बैंककाग्राहकवर्गलाई अस्पतालको सेवाशुल्कमाविशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले भेनस हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । 
“योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी, मिति २०६४ बैशाख ७ गते देखि २०औ वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउदै आएको  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस बैंकले आर्थिक वर्ष २०७५।७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाहगरिे बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ।


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । यसका साथसाथै शाखाहरु सँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको