Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ र फर्वार्ड कम्युनिटीलाई सेयर छिटो बाँडफाँट गर्न धितोपत्र बोर्डको निर्देशन

शुक्रबार, २८ माघ २०७३, ११ : ०७ मा प्रकाशित

नेपाल लाइफ र फर्वार्ड कम्युनिटीलाई सेयर छिटो बाँडफाँट गर्न धितोपत्र बोर्डको निर्देशन

अर्थ संसार

काठमाडौं–धितोपत्र बोर्डले सेयर निस्कासन गर्ने कम्पनीहरुलाई छिटो बाँडफाँट गर्न निर्देशन दिएको छ । वित्तीय बजारमा परेको तरलताको समस्या र त्यसको प्रतिकूल असर धितोपत्रको दोस्रो बजारमा परेको देखिएकोले हालै सार्वजनिक निष्काशन गर्ने कम्पनीलाई साधारण शेयरको छिटो बाँडफाँट गर्न निर्देशन दिएको बोर्डले जनाएको छ ।

केही अघि थप सार्बजनिक निष्काशन (एफपिओ) जारी गरेको नेपाल लाईफ ईन्स्योरन्स कम्पनीलाई बोर्डले निर्देशन केन्द्रीत गरेको छ । सेयरको बाँडफाँट साविकको व्यवस्थाअनुसार निष्काशन बन्द भएको मितिले ६० दिनभित्र गर्नुपर्नेमा बोर्डले ४० दिनभित्र गरिसक्न भनेको छ ।

नेपाल लाइफले बोर्डको निर्देशन अनुसार फागुन १३ सम्म सेयर बाँडफाँड गरिसक्नु पर्ने छ । यस्तै सार्वजनिक निष्काशन गरेको फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्थालाई ३० दिनभित्र बाँडफाँड गर्न बोर्डले भनेको छ । बोर्डको निर्देशन अनुसार फर्वार्डले पनि फागुन १३ गतेभित्र सेयर बाँडफाँट गरिसक्नु पर्ने छ ।

यस व्यवस्थाले ३ लाख ७० हजार भन्दा बढी लगानीकर्ताहरुले  ५५ अर्बभन्दा बढीको रकम छिटो फिर्ता भुक्तानी पाउने बोर्डको आँकलन छ । यसले वित्तीय बजारमा देखिएको तरलताकोे समस्या समाधानमा सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको