अर्थ संसार, काठमाडौं– केहि दिन देखि लगातार बढेको सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर ६८ हजार रुपैयामा कारोबार भईरहेको छ ।
त्यसैगरी सोमबार ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ६७ हजार ७०० रुपैयामामा कारोबार हुँदै छ ।
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५८ हजार ३०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५८ हजार ०४५ रुपैयाँ कायम गरेको छ।
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६८१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
सुनको बजार मुल्य केही दिन देखी लगातार माथि उक्लिने क्रममा छ। अन्तर्राष्ट्रिय बजार मै केही दिन देखी सुनको भाउ बढने क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अमेरिका इरानबीचको बदिरहेको तनाव तथा अमेरिका चीन व्यवपार तनाबको असरले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उक्लिने क्रममा छ ।
वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन चार महिना पछी झन्डै ८ हजार रुपैया बढेको छ ।
आजको सुनको भाउ, अहिले सम्म कै महँगो भाउ हो ।
सुनको भाउ बढे सँगै बजारको सुनपसलमा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहकको सङ्ख्या हुवाट्टै बढेको एक सुन व्यवसायी बताउछन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस