Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सको नाफा ४ करोड

शुक्रबार, २८ माघ २०७३, १४ : ३४ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सको नाफा ४ करोड

अर्थ संसार
काठमाडौं–युनाइटेड इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३ करोड ९३ लाख रुपैयाँ नाफा गरेको छ । यस इन्स्योरेन्सको नाफा गत आर्थिक बर्षको यही अबधिको तुलनामा २३० प्रतिशतले बढेको हो ।

युनाइटेडले गत बर्ष १ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो ।युनाइटेडको चुक्ता पूँजी यस अबधिमा ३० करोड २४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्रति सेयर आम्दानी १२ रुपैयाँ ९८ पैसा गरेको छ ।

इन्सुरेन्सले यस अबधिमा बीमा कोषमा १६ करोड १५ लाख रुपैयाँ र जगेडा कोषमा २२ करोड ४८ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीले बीमाको दावी भुक्तानी गर्न अझै ७० करोड रुपैयाँ बाँकी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको