Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको नाफा ८ करोड ३३ लाख

शुक्रबार, २८ माघ २०७३, १५ : ३१ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको नाफा ८ करोड ३३ लाख

अर्थ संसार
काठमाडौं–सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ८ करोड ३३ लाख रुपैयाँ नाफा गरेको छ । यस इन्स्योरेन्सको नाफा गत आर्थिक बर्षको यही अबधिको तुलनामा ३७ प्रतिशतले बढेको हो ।

सिद्धार्थले गत बर्ष ६ करोड ८ लाख रुपैयाँ नाफा गरेको थियो ।सिद्धार्थको चुक्ता पूँजी यस अबधिमा ३४ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्रति सेयर आम्दानी २४ रुपैयाँ १८ पैसा गरेको छ ।

इन्सुरेन्सले यस अबधिमा बीमा कोषमा ३४ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा १८ करोड ५४ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीले बीमाको दावी भुक्तानी गर्न अझै ६० करोड रुपैयाँ बाँकी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको