Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा २ अर्ब २८ करोडको कारोवार

अर्थ संसार

शनिबार, २५ साउन २०७६, १८ : २९ मा प्रकाशित

शेयर बजारमा २ अर्ब २८ करोडको कारोवार

अर्थ संसार, काठमाडौं- धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर रु दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ मूल्यमा खरीद बिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । पूँजीगत लाभकरलगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न नसकेको बताइन्छ । आइतबार कूल १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता शेयर रु ४७ करोड ४१ लाख ५१ हजार ७२९ मूल्यमा खरीद बिक्री भए ।

बिहिबारको तुलनामा कारोवार रकम समेत ओरालो लागेको हो । बिहिबार रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मूल्यमा खरीदबिक्री भएका थिए । यस्तै सोमबार नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको थियो । स्टक एक्स्चेन्जका अनुसार कूल १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर रु ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भए ।

यस्तै मङ्गलबार पनि कारोबार मापक नेप्से परिसूचक करीब १० अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुग्यो ।  सो दिन  कूल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता शेयर रु ५४ करोड सात लाख ५५ हजार १८२ मूल्यमा खरिद बिक्री भए ।

 बुधबार नेप्से परिसूचकसामान्य अङ्कले वृद्धि भयो । परिसूचक २।७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ ।  परिसूचक बढेपनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । कूल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता शेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरीदबिक्री भए ।

 बिहीबार कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुग्यो ।  कूल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर रु ४५ करोड ४६ लाख २९ हजार ५७५ मा खरिदबिक्री भए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको