अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहक महानुभावहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एन आई सी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ ।
यस योजनाअन्तर्गत अब एन आई सी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ ।
बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै समस्त ग्राहक महानुभावहरुलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको छ ।
उक्त विप्रेषण रकम यस बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।
यो सुविधाबाट चाडपर्वको समयमा ग्राहक महानुभावहरुले रकम पठाउँदा उच्चतम् लाभ हुने र झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने विश्वास बैंकले लिएको छ । यो योजना २०७६ साल भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुनेछ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३५ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस