Like us!
Follow us!
Connect us!
Watch us!

खुल्यो एशियन पेन्टसको ठगी धन्दा, उद्योगमाथि मुद्दा दायर

अर्थ संसार

विहीबार, ३० साउन २०७६, १७ : २७ मा प्रकाशित

खुल्यो एशियन पेन्टसको ठगी धन्दा, उद्योगमाथि मुद्दा दायर

अर्थ संसार, हेटौंडा– नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ ।
        
नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो ।
  उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर, त्यसअनुसार नगरेकाले मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले राससलाई जानकारी दिनुभयो ।

सो कार्यालयले एक वर्ष कैद र १० हजार जरिवानासहित मुद्दा दायर गरेको बताएको छ । यस्तै सो कार्यालयले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लामा सञ्चालित पेट्रोलपम्पहरुको अनुगमन र निरीक्षण गर्दा एक दर्जनभन्दा बढी पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा कैफियत देखिएकाले समेत कारवाही गरेको सो कार्यालय जनाएको छ ।

पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा तौलमा ठगी गरेको पाइएपछि कारवाही गरिएको प्रमुख यादवको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको