Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा ठूलो पहिरो, नेप्से ४३.७३ अंकले घट्यो

आइतबार, ०१ फागुन २०७३, १६ : १३ मा प्रकाशित

शेयर बजारमा ठूलो पहिरो, नेप्से ४३.७३ अंकले घट्यो

अर्थ संसार 
काठमाडौं– साताको पहिलो दिन सेयर बजारमा ठूलो पहिरो गएको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार यस दिन पनि ४३.७३ अंकले घटेको छ । यस दिन होटल समुह बाहेक  अरु सवै उपसूचक रातम्मै भएका छन् ।

होटल समूह १४.४ अंकले बढेको छ । यस दिन सवै भन्दा इन्स्योरेन्स समुह ३४६.१४ अंकले घटेको छ । त्यसै गरी बैंक ४५.४५ अंक, विसका बैंक ३१.०२, हाइड्रो पावर ६२.८४ अंक, वित्तिय फाइनान्स १२.४६ अंक र अन्य ६.०७ अंकले घटेको छ । यस दिन १ सय ३२ कम्पनीको १३ लाख ९ हजार ८ सय ८५ कित्ता सेयरबाट ४९ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।

बजार पुरै रातो हुँदा पनि पनि यस दिन पाँच कम्पनीका शेयरधनीले कमाएका छन्। मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच प्रतिशत बढि कमाए।प्राइम लाइफ इन्स्योरेन्स र प्रभू इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले घटेको छ। थप १० कम्पनीका लगानीकर्ताले समेत ९ प्रतिशत बढी गुमाएका छन्। बजार निरन्त ओरालो लागेपछि लगानीकर्ताहरु निराश भएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको