Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से २६.४८ अंकले बढ्यो, ५० करोडमाथिको कारोबार

सोमबार, ०२ फागुन २०७३, १६ : ०४ मा प्रकाशित

नेप्से २६.४८ अंकले बढ्यो, ५० करोडमाथिको कारोबार


अर्थ संसार 
काठमाडौं– निरन्त ओरालो लागेको सेयर बजार साताको दोस्रो दिन भने २६.४८ अंकले बढेको छ । निरन्तर सेयर घटेसँगै निराश भएका लगानीकर्ताहरु सेयर बढेपछि केही राहत महसुर गरेका छन् ।

१ सय ३८ कम्पनीको १३ लाख कित्ता शेयर किनबेच हुँदा ५० करोड रुपैयाँ भन्दा  कारोबार भएको छ । बढेको बजारमा बैंक, विकास बैंक, हाइड्रोपावर, इन्स्योरेन्स र अन्य समूह बढेपनि होटल, फाइनान्स, र उत्पादन समूह भने घटेका छन् ।

यस दिन बैंक ३० अंक, विकास बैंक ३.७९ अंक, इन्स्योरेन्स १९२.८९ अंक र अन्य १५.३३ अंकले बढेको छ । यता होटल १४.४३ अंक, फाइनान्स ४.४५ अंक र उत्पादन समूह २.७९ अंकले घटेका छन् ।

आज चार कम्पनीका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।स्वावलम्बन बिकास बैंक ,सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका शेयरधनीले करिब १० प्रतिशत कमाएका हुन् ।आज सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनीका शेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।                  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको