Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से २.८७ अंकले घट्यो, यस्ता छन् कमाउने र गुमाउने कम्पनीहरु

मंगलबार, ०३ फागुन २०७३, १५ : २९ मा प्रकाशित

नेप्से २.८७ अंकले घट्यो, यस्ता छन् कमाउने र गुमाउने कम्पनीहरु

अर्थ संसार 
काठमाडौं– साताको दोस्रो दिन बढेको सेयर बजार तेस्रो दिन (मंगलबार) भने सामान्य अंकले घटेको छ । यस दिन २.८७ अंकले घटेको छ । १ सय ३४ कम्पनीको ९ लाख १० हजार सेयर कित्ता किनबेच हुँदा ३६ करोड बराबरको कारोबार भएको छ ।

यस दिन बैंक १.८ अंक, होटल २८.७५ अंक, विकास बैंक ५ अंकले बढेका छन् । यता हाइड्रो १४.७३ अंक, फाइनान्स ०.३२ अंक, इन्स्योरेन्स ८०.३९ अंक, उत्पाद १.८६ र अन्य १३.३१ अंकले घटेका छन् ।

सामान्य अंकले घटेको बजारमा सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले आफ्नो आम्दानी झण्डै १० प्रतिशतले बढाएका छन् । त्यस्तै ओम माइक्रोफाइनान्स वित्तिय सस्थाका लागानीकर्ताले ९.९४ प्रतिशतले र सप्तकोशी डेभलपमेन्ट विकास बैंकका लागानीकर्ताले आफ्नो आम्दानी ७.७५ प्रतिशतले बढाउन सफल भएका छन् ।

यता दिब्यश्वरी हाइड्रो पावर कम्पनीका लगानीकर्ताले आफ्नो आम्दानीको ९.७७ प्रतिशत र नागवेली लघुवित्त विकास बैंकका लगानीकर्ताले पनि ८.९ प्रतिशतले गुमाएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको