अर्थ संसार
काठमाडौं– साताको दोस्रो दिन बढेको सेयर बजार तेस्रो दिन (मंगलबार) भने ४.०१ अंकले घटेको छ । १ सय ३४ कम्पनीको १०लाख ११ हजार ६ सय ८५ सेयर कित्ता किनबेच हुँदा ४० करोड ४ लाख बराबरको कारोबार भएको छ ।
यस होटल ३३.५४ अंक र विकास बैंक २.३८ अंकले बढेका छन् । यता बैंक १.६५ अंक, हाइड्रो २७.१६ अंक, फाइनान्स ०.७६ अंक, इन्स्योरेन्स ९३.४९ अंक, उत्पादन १.८६ अंक र अन्य ०.८७ अंकले घटेका छन् ।
घटेको बजारमा कालिा माइक्रो रिडिट डेभलपमेन्ट बैंक लगानीकर्ताेले आफ्नो आम्दानी १० प्रतिशतले बढाएका छन् ।
त्यस्तै सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले आफ्नो आम्दानी झण्डै १० प्रतिशतले र ओम माइक्रोफाइनान्स वित्तिय सस्थाका लागानीकर्ताले ९.९४ प्रतिशतले आफ्नो आम्दानी बढाउन सफल भएका छन् । यता दिश्वश्वरी हाइड्रोपावरका लगानीकर्ताले भने आफ्नो आम्दानी ९.७७ प्रतिशतले गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस