Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा जान बैंक खाता अनिवार्य

अर्थ संसार

मंगलबार, १७ भदौ २०७६, ०७ : ३९ मा प्रकाशित

वैदेशिक रोजगारीमा जान बैंक खाता अनिवार्य

अर्थ संसार, काठमाडौं सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको आफ्नो वा नजिकको नातेदारको बैंक खाता अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

बैंकिङ कारोबारलाई प्राथमिकता दिन वैदेशिक रोजगार विभागले सोमबारदेखि बैंक खाताको व्यवस्था गरेको हो । भदौभर यो कार्यक्रम स्वैच्छिक हुनेछ । असोजदेखि भने अनिवार्य गरिने विभागले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार कामदारले श्रम स्वीकृति लिँदा विभागसमक्ष बैंक खाताको प्रमाण पेस गर्नुपर्नेछ । कामदारको आफ्नै वा नजिकको नातेदारको खाता हुनुपर्नेछ ।

आफ्नो खातामा आफैले विदेशबाट रकम पठाउँदा यहाँ झिक्न समस्या हुने देखिएकाले नजिकको नातेदारको खातालाई पनि स्वीकार गर्ने विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए ।

‘आफैले आफ्नो खातामा रकम पठाउँदा यहाँका नातेदारले रकम झिक्न समस्या हुन सक्छ,’ उनले भने, ‘त्यसैले नजिकको नातेदारको खातालाई पनि हामी स्वीकार गर्नेछौँ ।’ विभागले वाणिज्य र विकास बैंकमा भएको खातालाई मात्रै मान्यता दिनेछ ।

विभागले भदौ महिनासम्मको बैंक खातालाई परीक्षणका रूपमा हेर्नेछ । यो अवधिमा बैंकिङ खातासम्बन्धी व्यवस्थालाई प्रचार–प्रसार गरिनेछ । असोज १ गतेदेखि भने बैंकिङलाई अनिवार्य गरिने विभागको तयारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको