Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५० रुपैयाँ नजिक, कुन कम्पनीको प्रतिकित्ता कति रुपैयाँ ?

अर्थ संसार

मंगलबार, १७ भदौ २०७६, ०५ : ३० मा प्रकाशित

हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५० रुपैयाँ नजिक, कुन कम्पनीको प्रतिकित्ता कति रुपैयाँ ?

अर्थ संसार, काठमाडौं – पछिल्लो समय शेयर बजार निरन्तर ओरालो यात्रामा छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भएको समूहमध्ये जलविद्युत समूहको शेयर मूल्य दिनप्रतिदिन नाजुक बन्दै गएको छ । अहिले अधिंकाश जलविद्युत कम्पनी शेयर मूल्य प्राथामिक शेयर मूल्य भन्दा तल छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अहिले ३२ वटा जलविद्युत कम्पनी सूचिकृत भएको छन् । त्यसमध्ये १६ वटा कम्पनीको मूल्य त ५० रुपैयाँ भन्दा केही माथि मात्र छ । बाँकी कम्पनीहरु शेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँको हारहारीमा छन् । सवै भन्दा धेरी चिलिमे जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४३६ रुपैयाँ रहेको छ । 

यो समाचार तयार पर्दासम्म दिव्यश्वारी हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता ५५ रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता ७५ रुैयाँया, खानीखोला हाइड्रोपावर कम्पनीको प्रतिकित्ता ५७ रुपौयाँ, युनियन हाइड्रोपावर  लिमिटेडको प्रतिकित्ता ६० रुपैयाँ रहेको छ ।

कुन कम्पनीको कति रुपैयाँ ?

5d6cbab3ec166.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको