Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले ल्यायो १० लााखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना

अर्थ संसार

मंगलबार, १७ भदौ २०७६, १० : ३९ मा प्रकाशित

नबिल बैंकले ल्यायो १० लााखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना

अर्थ संसार, काठमाडौं– नबिल बैंकले विगतदेखिनै आफ्ना ग्राहकहरुलाई व्यक्तिगत बचत खातामा १३ घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएको अवगत नै छ ।

यसको अतिरिक्त बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहकवर्गलाई रु १०,००,०००/–(दशलाख) को सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । यो योजना भाद्रा १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तबीच सम्झौता भएको छ ।

यस योजना अन्तर्गत, दैनिक मौज्दात रु. ५,०००/– वा सो भन्दाबढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई रु. १०,००,०००/– को सामुहिक व्यक्तिगत दुर्धटना बीमा गरिएको छ । यस योजना अन्तर्गत बचत कर्ताको दुर्धटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ रु. १०,००,०००/– बीमा रकम प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत आफ्नो नेपाली मुद्रा खातामा न्यूनतमरु. ५,०००/– मौजदात राख्ने सम्पूर्ण बचत खातावालाहरुको बीमास्वत रुपमा १५ भाद्र २०७६ मा भैसकेको छ । साथै यो योजनामा सामिल भैरहन बचतकर्ताले सधै रु. ५,०००/–वा बढि मौज्दात कायम राख्नुपर्नेछ । त्यसैगरी रु. ५,०००÷– वा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधै उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन् ।

नया“ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली रु ५,०००/– वा बढिको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्रपनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ ।

यस योजनामा सामिलहुन कुनै उमेरहद नभएतापनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमितहुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समानबीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यर्होर्न पर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हुँदालाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ  ।

यस योजना सम्बन्धि सम्पूर्ण जानकारी बैंकको वेभसाइट www.nabilbank.com नजिकैको नबिल बैंकको कुनैपनि शाखा कार्यालय वा फोन नः 1660-01-62245 प्राप्तगर्न सकिनेछ । सन् १९८४ देखि आफ्ना सम्मान नियग्राहकहरुलाई समायनुकुल सेवाप्रदान गर्दै आएको यस नबिल बैंकको ७९ शाखा, १द्धण् एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन्।साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्च स्थरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको