अर्थ संसार, काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एनआई सी एशियाको मोबाइल बैंक प्रयोग गरी  QR  मार्फत् वान प्लस सेभेन (One Plus 7)  मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन (One Plus 7)मोबाइल फोन किन्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक (QR)  मार्फत् भुक्तानी गर्दा १०%  क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ । अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन (One Plus 7) मोबाइल फोन खरिद गर्दा भने ५% क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ ।
यो योजना भाद्र १८ देखि आश्विन १ गते सम्मका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष श्री किसन राईज्यूले हस्ताक्षर गर्नुभयो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्ष करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस