Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरी द्वारा मानव बेचबिखन विरुद्ध विद्यार्थीहरुलाई सचेतना प्रशिक्षण

dibesh

शुक्रबार, २० भदौ २०७६, १० : ४० मा प्रकाशित

प्रहरी द्वारा मानव बेचबिखन विरुद्ध विद्यार्थीहरुलाई सचेतना प्रशिक्षण

अर्थ संसार, काठमाडौ – जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ । 

मावि तहका विद्यार्थीलाई लक्षित गरेर मानव बेचबिखनविरुद्ध सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताउनुभयो । विद्यार्थीलाई केन्द्रित गर्दै विद्यालयमा दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

एकोहोरो पाठ्यपुस्तक मात्र रटेर बसेका विद्यार्थीलाई मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षणले नयाँ ज्ञान आर्जन भएको त्रिभुवन माविकी छात्रा प्रेमा कार्कीले बताउनुभयो । लागुपर्दाथ सेवन, मानव बेचबिखन तथा ओसारपसार कसरी हुन्छ भन्ने विषयमा ज्ञान हासिल गरेको उहाँको भनाइ छ । हाम्रो समाजमा हुने विभिन्न किमिसका अपराधजन्य कुरा, कानूनमा भएको सजायको व्यवस्थाका विषयमा समेत जानकारी भएको त्रिभुवन मावि नलगाड नगरपालिका–७ की छात्रा रमिता पुनले बताउनुभयो । जाजरकोटका सात स्थानीय तहका विद्यालयमा यो कक्षा सञ्चालन गरिएको छ ।
 
सामुदायिक विद्यालयका कक्षा ८, ९, ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सो सम्बन्धी कक्षा सञ्चालन गरिएको हो । प्रहरीले कक्षाकोठामा विद्यार्थीलाई मानव बेचबिखन भनेको के हो रु व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के–कस्तो प्रभाव पार्दछ रु लागुऔषध मानिसले के कारणले गर्दा सेवन गर्ने गर्छन् रु, लागुऔषध सेवनपश्चातका लक्षण, कुलतमा फसेकालाई सुधार गर्न सकिने उपायका साथै लागुऔषधको सेवन, बिक्री वितरण तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन २०३३ लगायत नेपालमा प्रचलित कानून र सजायको व्यवस्था बारेमा प्रशिक्षणमा जानकारी दिँदै आएको छ ।

मानव बेचविखनबाट हुने हानी, बेफाइदा कार्यमा विद्यार्थी, विद्यालय र अन्य सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकालगायतका विषयमा केन्द्रीत गरी प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । झण्डै १२ देखि १९ वर्ष उमेरदेखि नै युवाहरु मानव बेचबिखन सिकार हुने भएकाले विद्यालय तहबाटै यसको निराकरणका लागि प्रहरीले चलाएको कार्यक्रम प्रभावकारी बनेको विद्यालयका शिक्षकहरुले बताएका छन् । यस्ता खालका कार्यक्रम प्रत्येक महीना गरिनुपर्नेमा अभिभावकको जोड छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको