साताको सेयर कारोबार हुने दोस्रो दिने आज सेयर बजार राताम्य भएर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २६.१६ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक ०.९६ प्रतिशतले घटेर २६७४.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य घटेको छ । आज २२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले घटेर ४६१.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मूल्य मात्रै आज बढेको छ ।
परिसूचक राताम्य भएको दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोड माथिको कारोबार भएको बजारमा आज भने ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३५३ कम्पनीका १ करोड ४० हजार १६४ कित्ता सेयर ७२ हजार ८५४ पटक खरिद बिक्री हुँदा उक्त मूल्यको कारोबार भएको हो । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस