Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उछाल, ४१ अंकले बढेको बजारमा ५२ करोडको कारोबार

बुधबार, ०४ फागुन २०७३, १५ : ५४ मा प्रकाशित

सेयर बजारमा उछाल, ४१ अंकले बढेको बजारमा  ५२ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं–मंगलबार सामान्य अंकले घटेको बजार बुधबार भने उछाल आएको छ । लामो समयदेखि सुस्ताएका लगानीकर्ता एकाएक जुर्मुराएका छन् ।

यस दिन नेप्स भने ४१.८३ अंकले बढेका  छ । १ सय ४१ वटा कम्पनीको १६लाख १३ हजार ६ सय २९ सेयर कित्ता किनबेच हुँदा ५२ करोड २ लाख बराबरको कारोबार भएको छ ।

 उच्च कारोबार भएको दिन बैंक ३७.११ अंक, होटल ४९.१ अंक, विकास बैंक ४३.२७ अंक, फाइनान्स १२.६८ अंक, इन्स्योरेन्स ३८५.४६ अंक र अन्य २.८९ अंकले बढेका छन् । यस दिन उत्पादन समुह मात्रै ५.६६ अंकले घटेको छ । 
 

58a42ca3d2abc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको