Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल क्रेडिट एण्ड कमर्स बैंक अब आरटिजिएस प्रणालीमा

अर्थ संसार

आइतबार, २२ भदौ २०७६, १८ : १० मा प्रकाशित

नेपाल क्रेडिट एण्ड कमर्स बैंक  अब आरटिजिएस प्रणालीमा

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंक, भुक्तानि प्रणाली विभाग र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. बीच आरटिजिएस  प्रणाली सञ्चालन गर्न सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका ग्राहकले आवश्यकतानुसार नेपाल राष्ट्र बैंकद्वारा सञ्चालन गर्न लागेको आरटिजिएस   प्रणाली मार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फस्र्यौट गर्न सक्ने व्यहोरा उल्लेख गरिएको छ ।

सम्झौतामा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका तर्फबाट कार्यकारी निर्देशक  वम बहादुर मिश्र र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  रमेशराज अर्यालले नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको