Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक तथा ECAN द्वारा बैंकिङ्ग सुविधाको सहमति गरिएको घोषणा

मिलन खड्का

मंगलबार, २४ भदौ २०७६, १४ : २४ मा प्रकाशित

नबिल बैंक तथा ECAN द्वारा बैंकिङ्ग सुविधाको सहमति गरिएको घोषणा

अर्थ संसार, काठमाडौं- नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (ECAN) बीच विशिष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौतामा मिति २०७६ भाद« २२ का दिन एक विशेष समारोह बीच हस्ताक्षर भएको छ ।

यस सहमति पश्चात नबिल बैंकले ECAN,  ECAN सँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । यस सम्झौता अन्तर्गत बैंकले ECAN, सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नेछ । 

उक्त सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाह ज्यूले उक्त सहमति मार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिवद्घता रहेको उल्लेख गर्नु भयो ।

ECAN को तर्फबाट अध्यक्ष श्री विष्णु हरि पाण्डे ज्यूले ECAN ले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरु, कर्मचारी लगायत विद्यार्थीहरुले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ्ग सुविधा पाउनु गर्वको विषय भएको उल्लेख गर्नु भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको