अर्थ संसार, काठमाडौं– नेपालीहरुको महानपर्व विजय दशमीलाई लक्षित गरी राजधानीको भृकुटीमण्डपमा भदौं २० गतेदेखि दशैं महाकुम्भ जुक्ता मेला २०७६ सुरु भएको छ ।
शुज पार्कको आयोजना गरेको यो मेला असोज १८ गतेसम्म लाग्ने छ । मेलामा ५ सय भन्दा बढी नयाँ डिजाइनका जुत्ता चप्पलहरु सार्वजनिक गर्नुको साथै समग्रमा २ हजार भन्दा बढी डिजाइनका चुत्ता चप्पहरु एउटै छानामुनी उपलव्ध छ ।
सस्तो, बलियो र डिजाइनको लागि ‘दशैं महाकुम्भ जुत्ता मेला’ पाइने आयोजक प्रमोद कुमार महतोले बताए । ‘हाम्रो अपेक्षा भनेको हरेक नेपालीको खुट्टामा नेपाली जुत्ता होस् भन्ने हो ।’आयोजक महतोले अर्थ संसार डट कमलाई सुनाए ।
त्यसै गरी आयोजक रामहरी तोलाङ्गले भन्नुभयो– ‘मेलामा ९ वटा चर्तित नेपाली ब्राण्डका चुक्ता चप्पलहरु एउटै छानामुनी उपलव्ध भएको हुनाले उपभोक्ताले एउटै छानामुनीबाट छानीछानी चुक्ता चप्पली किन्न पाउनु हुन्छ ।
हेरौं, भिडियो
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस