Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार उकालो बाटोमा, २७ अंकले बढेको बजारमा ६५ करोडको कारोबार

विहीबार, ०५ फागुन २०७३, १५ : ४४ मा प्रकाशित

सेयर बजार उकालो बाटोमा, २७ अंकले बढेको बजारमा ६५ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं–  बुधबार ४१ अंकले बढेको नेप्से बिहीबार भने २७.०५ अंकले बढेको छ ।  लगातार दुई दिन सेयर बजार बढेपछि  लामो समयदेखि सुस्ताएको लगानीकर्ता एकाएक जुर्मुराएका छन् ।

१ सय ४५ कम्पनीको  २६ लाख ६५ हजार ५६ वटा सेयर कित्ता किनबेच हुँदा ६५ करोड ७१ लाख बराबरको  कारोबार भएको छ । 

बढेको बजारमा  बैक २६.३७ अंक, होटल २४.६८ अंक, विकास बैंक २४.०६ अंक, हाइड्रोपावर १४.१४ अंक फाइनान्स ११.६१ अंक र इन्स्योरेन्स २९०.२७ अंकले बढेका छन् । यता यस दिन उत्पाद ६.३५ अंक र अन्य ६.६५ अंकले घटेको छ ।  

यस दिन नेपाल इन्स्योरेन्स, नविन ब्यालेन्स फन्ट १, एभरेष्ट इन्स्योरेन्स र एन बी इन्स्योरेन्सका लगानीकर्ताले आफ्नो आम्दानी १० प्रतिशतले बढाउन सफल भएका छन् । 

बढेको बजारमा दिब्यश्वरी हाइड्रो र मिशन डेभपलमेन्ट बैंक लगायतका लगानीकर्ताले आफ्नो आम्दानी केही प्रतिशतले गुमाएका छन् । 

कमाउने र गुमाउने कम्पनीहरुमा यस प्रकारका छन् 
 

58a57c80ee138.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको