Like us!
Follow us!
Connect us!
Watch us!

सिप्रदी अर्थमुभर्स र ज्योति विकास बैंकबीच सम्झौता : ७० प्रतिशतसम्म कर्जा सेवा

अर्थ संसार

आइतबार, २९ भदौ २०७६, १६ : ५४ मा प्रकाशित

सिप्रदी अर्थमुभर्स र ज्योति विकास  बैंकबीच सम्झौता : ७० प्रतिशतसम्म कर्जा सेवा

अर्थ संसार, काठमाडौं– टाटा हिटाचिको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा. लि. र   विकास  बैंकबीच कर्जा सम्झौता भएको छ ।

अब टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति बिकाश बैङ्कको देशैभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनिका उप महाप्रबन्धक राजेन्द्र कार्कि र ज्योति बिकाश बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ ।

सिप्रदी अर्थमुभर्स प्रा. लि. ले बिगत १० बर्षदेखी टाटा हिटाचिका करिव १५०० भन्दा धेरै एक्जाभेटर, ब्याहृोलोडर र व्हिललोडर बिक्रीबितरण गरेको छ ।

टाटा हिटाचिको उच्च प्रतिफल दिने, लामो समय चल्ने तथा सिप्रदी अर्थमुभर्सको देशभरीबाट बिक्री पछिको गुणस्तरीय सेवाका कारणले पछिल्लो समय ग्राहकवर्गको पहिलो रोजाई बन्दै आईरहेको छ ।    

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको