अर्थ संसार, काठमाडौं– देशको निर्जीवन बीमाबजारमा विगत २३ बर्षदेखि उच्चस्तरीय सेवा पुर्याउदै आएको नेको इन्सुरेन्स लिमिटेडले बीमा सचेतनाको लागि क्षेत्रपाटी एरियाको नरसिंहचोक, सातघुम्ती, जे.पी. स्कूलरोड आदि स्थानहरुमा घर घरमागई बीमाको वारेमा जानकारी गराउने कार्य गरेको छ ।
बीमा शुल्क आर्जन गर्ने नाममा विनाजानकारी बीमा गराउने र बीमाको महत्व तथा बीमाको रक्षाबरण के हो ? भन्ने नबुझेका ब्यक्तिहरुको बीमा गर्नु भन्दा बीमा किन आवश्यक छ ? भन्ने जानकारी गराएर स्वतस्फुर्त रुपमाबीमा गर्ने वातावरण सृजना गर्नकोलागि बीमा सचेतना कार्यक्रम संचालन गरिएको हो ।
कम्पनीमा कार्यरत कर्मचारीहरुले बीमाको परिचय आदि उल्लेख भएको जानकारी मूलक पर्चा उक्त एरियाको प्रत्येक घर,पसलमा वितरण गर्दा घरधनी तथा ब्यवसायीहरुले अभिरुचीपूर्वक जिज्ञासा राखेका थिए ।
घरधनी तथा ब्यवसायीहरुको जिज्ञासाको सम्बन्धमा कर्मचारीहरुले प्रष्ट पारेकाथिए । स्थानीय बासिन्दाहरुले आफ्ना जिज्ञासाको समाधान भएपश्चात बीमाको वारेमा आपूmहरुले जानकारी पाएको र बीमा आवश्यक रहेको प्रतिकृया दिएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस