नेपालमा चीका पर्यटकहरु सन् २००३ देखि मात्रै आउन थालेका हुन् । त्यसअघि चीन सरकारले आफ्नो देशका नागरिकलाई नेपालमा पर्यटक भएर आउने अनमुति दिएको थिएन । यसरी सन् २००३ मा चीन सरकारले आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रुपमा नेपाल भ्रमण गर्ने अनुमति दिएपछि सोही वर्ष सात हजार, ५ सय ६२ जना सर्वसाधारण चिनियाँ नागरिकहरु घुम्न–डुल्नका लागि पर्यटकका रुपमा नेपाल भित्रिएका थिए भने त्यस यता लगातार चीनबाट नेपाल आउने पर्यटकहरु बढी रहेका छन् ।
त्यति मात्रै होइन, केही वर्षपछि नै भारतबाट भन्दा चीनबाट नेपाल आउने पर्यटकको संख्या धेरै हुने छ । सन् २०१६ देखि नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या बढाउनकै लागि पनि नेपाल आउन चाहने चिनियाँ पर्यटकहलाई निःशुल्क प्रवेशाज्ञा (भिषा) दिने नीति लिएको छ, नेपाल सरकारले । त्यसका लागि हाल नेपाल सरकारले १५ दिन, ३० दिन र ९० दिन गरी तीन तहमा नेपाल आउन चाहने चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था लागू गरेको छ ।
चिनियाँ पर्यटकको सन्दर्भमा भन्नु पर्दा हालसम्म नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । जस्तै चिनियाँ पर्यटकहरु नेपालमा चार/पाँच दिनदेखि नौ/१० दिनसम्म बिताउनेहरु बढी देखिन्छ ।
हुन त चिनियाँ पर्यटकहरु ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरुलाई आर्थिक रुपमा भने भारतीय पर्यटकहरु भन्दा चिनियाँ पर्यटकहरु बाट फाइदै फाइदा देखिन्छ । तापनि हामीले डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तिमा आठ/दस दिनदेखि १४/१५ दिनसम्म नेपालमा बिताउने खालका चिनियाँ पर्यटक र भारतीय पर्यटकहरु धेरै भन्दा धेरै भित्र्याउने प्रयासमा लाग्नु पर्ने देखिन्छ ।
त्यसो त चिनियाँ पर्यटकहरु ‘मक्खिचुस’ नै भने होइनन् । किनभने, गत केही वर्ष अघिदेखि संयक्त राष्ट्र संघ सम्बद्ध संस्था युएन–डब्लुटीओ लगायत विश्व पर्यटनसँग सम्बिन्धित संघ–संस्थाहरुले गरेको विभिन्न अनसन्धान गरेर निकालेको तथ्यांकहरुमा चिनियाँ पर्यटकहरु लगातार रुपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिएका/दरिएका छन् । त्यतिमात्रै होइन, चिनियाँहरु संख्याकै आधारमा पनि विश्वका धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पर्यटकका रुपमा दरिएका छन् । सायद अब पृथ्वीको अस्तित्व रहेसम्म ! चिनियाँ पर्यटकहरुको संख्या र र खर्च गराई दवैलाई अन्य देशका पर्यटकहरुले उछिन्न सक्ने छैनन् !
हुन त नेपालमा भारतीय र चिनियाँ पर्यटक मात्रै होइन, अन्य देशका विदेशी पर्यटक भित्र्याउनका लागि नभई नहुने आधारभूत आवश्यक्ताहरु जस्तै हवाईजहाज, हवाई मैदान अर्थात् विमानस्थल, मोटर बाटो अर्थात सडक, होमस्टे, होटल, लज, गेस्ट हाउस, रिसोर्ट, मोटेल (नेपालमा हालसम्म मोटेलको अवधारणाले साकार रुप लिइसकेको छैन) कुनै पनि विदेशी पर्यटकले इच्छाएको खाना, हुन त खानाको सन्दर्भमा भन्नु पर्दा स्थानीय उत्पादनलाई जोड नदिने हो भने कुनै पनि पर्यटकले खानाका लागि खर्च गर्ने लगभग ८० प्रतिशत पैसा विदेशीने संभावना हुन्छ ।
यो कुरा केही अघिसम्म र, हालसम्म पनि नेपालमा सञ्चालित ठूला होटल÷तारे होटलहरुमा माछा, मासु, मरमसला, खाद्यान, पेय, पदार्थ लगायत कतिपय आवश्यक सरसामान नेपाल बाहिरबाटै ल्याउँथे भने अझै पनि तारे होटलहरुले विदेशी खाद्यपदार्थ नै ल्याउनु पर्ने वाध्यता छँदैछ । हुन त केही वर्षदेखि नेपाली खानालाई पनि प्रवद्र्धन गर्ने क्रम बढेको छ । जुन कुरोलाई ढीलै भए पनि राम्रो मान्न सकिन्छ । निश्चय नै यसले भविश्यमा राम्रो परिणाम दिने छ ।
उता कतिपय ठूला होटलहरुले आफ्नो लागि चाहिने दक्ष जनशक्ति अझै पनि जस्तै म्यानेजर, हेड कुक, एसिस्टेन्ट कुक, क्याप्टेन, वेटर, बारमेन आदि समेत विदेशी नै खासगरी भारतीयहरु ल्याउने गरेको पाइन्छ । त्यसो त होटल म्यानेजमेन्टको पढाई नेपालमै पनि हुँदै गरेको र, विदेश गएर होटल म्यानेजमेन्ट पढेर आउने नेपालीहरु पनि बढ्दै गएकोले यो समस्या पनि छिट्टै समाधान होला नै !
जे होस्, हामी सबैले देखेको, भोगेको र महसुस गरेको भनेको नेपालको पर्यटन प्रवद्र्धनमा सबैभन्दा ठूलो समस्या भन्नु नै हवाईजहाज र अन्तर्राष्ट्रिय हवाइृ मैदानको समस्या हो । हुन पनि हालसम्मको हाम्रो देशको अवस्था कस्तो छ भने, अहिलेसम्म एकैपटक दोहोरो रुपमा ठूलो जहाज (अन्तर्राष्ट्रिय रुटमा चल्ने हवाईजहाज) उड्न सक्ने–बस्न सक्ने धावनमार्ग भएको विमानस्थल समेत छैन । विगत लामो समयदेखि सञ्चालनमा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ पनि अन्तर्राष्ट्रिय मापदण्ड विपरित गुजुमज्जु मानववस्तीसँगै छ । त्यो वास्तविक क्षमताभन्दा १० औं गुणा बढी यात्रुको चाप र हवाईजहाज पार्किङ गरेर राख्नु परेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको कुरो गर्दा बल्लतल्ल बारा जिल्लाको निजगढ, कास्की जिल्लाको पोखरा, कपिलवस्तु जिल्लाको लुम्बिनी आदिले चर्चा पाइरहेको छ । चर्चा पाईरहेको मात्रै होइन, कपिलवस्तु जिल्लाको भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा त अब लगभग ठूला खाले विमानहरु उडान र अवतरण गर्न सकिने गरी तयार भएको भनी पत्रपत्रिकामा समाचार आएको छ । जे कुरोमा पनि राजनीति गर्ने बानी परेको हामी नेपालीहरु, त्यसैले विगतामा अन्तर्राष्ट्रिय विमानस्थल कहाँ बन्ने ? भन्दा कहिले निजगढमा बन्ने भनेको छ, कहिले पोखरामा बन्ने भनेको को छ, कहिले लुम्बिनीमा बन्ने भनेको छ ।
कहिले कहाँ बन्ने भनेको छ, कहिले कहाँ बन्ने भनेको छ । यसरी नेपालमा नयाँ अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने चर्चा भएको लामो समयपछि बल्लतल्ल बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय स्तरको अन्तर्रासिट्रय विमानस्थल बन्ने तय भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस