पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओमा आवेदन आजदेखि खुल्ने भएको छ । पहिलो चरणमा उद्योग प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँड गरिसकेकाले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १८ लाख ७५ हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा जारी गरी बाँडफाँड समेत गरिसकेको छ ।
अब कम्पनीले बाँकी सेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषहरूका लागि र २ लाख ८१ हजार २५० कित्ता सेयर कम्पनीका कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यस आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ लाख कित्तासम्म माग गर्न सकिनेछ । निष्काशन बन्द छिटोमा फागुन १५ गते हुनेछ भने त्यस अवधिभित्र पर्याप्त आवेदन नपरेमा मात्रै फागुन २६ गते निष्काशन बन्द हुनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई “आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस