Like us!
Follow us!
Connect us!
Watch us!

२४ लाख कित्ता सेयर बेच्दै गोरक्ष हाइड्रोपावर, मूल्य कति ?

अर्थ संसार

आइतबार, १० फागुन २०८२, ०८ : ४९ मा प्रकाशित

२४ लाख कित्ता सेयर बेच्दै गोरक्ष हाइड्रोपावर, मूल्य कति ?

गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको २४ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयर आफ्ना सेयरधनीहरूलाई बेच्ने भएको हो । 

कम्पनीले आफ्नो प्रबन्धपत्रको नियम ६ (ग) बमोजिम जगेडामा रहेको सेयर मध्येबाट २४ लाख कित्ता सेयर हाल कायम रहेका सेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने निर्णय गरेको हो ।

सेयर खरीद गर्न इच्छुक सेयरधनीले आगामी १५ दिनभित्र सेयर खरीद फर्म, नागरिकता, राष्ट्रिय परिचयपत्र र बैंकमा रकम जम्मा गरेको भौचर सहित निवेदन दिनु पर्नेछ । तोकिएको समयावधिभित्र हाल कायम सेयरधनीबाट आंशिक वा पूर्ण रूपमा सेयर खरीदका लागि निवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको