चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरूको मुनाफामा उल्लेखनीय सुधार देखिएको छ। नेप्सेमा सूचीकृत ९३ कम्पनीले कुल ६ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा १०१.५७% ले बढी हो। गत वर्ष यही अवधिमा नाफा ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ मात्र थियो।
गत वर्ष २७ कम्पनी घाटामा रहेकामा यस वर्ष १७ कम्पनी मात्रै घाटामा छन्।
सबैभन्दा बढी नाफा कमाउने कम्पनी अपर तामाकोशी हो। जसले ९९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष कम्पनी ८२ करोड घाटामा रहेको थियो । त्यस्तै,साहस ऊर्जाको नाफा २७.४६ प्रतिशतले बढेर ९० करोड ४८ लाख, माउन्टेन इनर्जीको ५.७४ प्रतिशतले बढेर ५४ करोड १४ लाख, ग्रीन भेन्चर्सको २४.७४ प्रतिशतले बढेर ४६ करोड ६७ लाख, अपि पावरको ३६.७५ प्रतिशतले बढेर ४२ करोड ६२ लाख, चिलिमे हाइड्रोपावरको ३.९६ प्रतिशतले बढेर ३९ करोड ८० लाख, राधी विद्युतको ३७० प्रतिशतले बढेर २९ करोड ८४ लाख र बलेफि हाइड्रोपावरको १८ करोड ऋणात्मक रहेकोमा बढेर २२ करोड ८१ लाख नाफामा पुगेको छ ।
अन्य नाफामा रहेका कम्पनीहरूमा बुटवल पावरको १३.४० प्रतिशतले बढेर २२ करोड ५३ लाख, सुपर मोदीको ६९ प्रतिशतले बढेर २० करोड ५९ लाख,सिंगटीको ३७ प्रतिशतले बढेर १९ करोड ६९ लाख,अप्पर सोलु (को ३५ प्रतिशतले बढेर १९ करोड ३६ लाख, माण्डुको १३ प्रतिशतले बढेर १८ करोड ३० लाख र सानिमा मिडिल तमोरको ३४ प्रतिशतले घटेर १८ करोड पुगेको छ ।
तर १७ कम्पनी अझै घाटामा छन्। सबैभन्दा बढी घाटामा रसुवागढी हाइड्रोपावरको रहेको छ। कम्पनी १ अर्ब ८ करोड १४ लाखले ऋणात्मक रहेको छ । त्यस्तै,भिजन लुम्बिनी ऊर्जा, त्रिशुली जलविद्युत, मोदी इनर्जी, हिमाल दोलाखा, एशियन हाइड्रो र शिवश्री हाइड्रो पनि घाटामा रहेका छन्।
कुन कम्पनीको अवस्था कस्तो ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस