Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रा जारी, परिसूचकसँगै कारोबारमा पनि गिरावट

अर्थ संसार

आइतबार, १० फागुन २०८२, १५ : ०३ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रा जारी, परिसूचकसँगै कारोबारमा पनि गिरावट

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक घटेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा २२० कम्पनीको सेयर मूल्य घटेको छ भने ३४ कम्पनीको मात्रै बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.२७ अंकले घटेर ४४९.३९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । 

परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । गत साताको अन्तिम कारोबार दिन ७ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीका १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर ७२ हजार १०४ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । 

आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको