अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले शेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ ।
आइतवार बसेको सञ्चालक समितिको २९१ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ मा बैंकले प्राप्त गरेको मुनाफाबाट ६ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
तर,६ प्रतिशत नगद लाभाँश वितरण गरिनेछ भने नियमानुसार लाग्ने कर शेयरधनीहरुलाई वितरण गरिने नगद लाभाँशबाट कट्टागरिनेछ ।
बैंकले प्रस्ताव गरेको बोनस शेयर तथानगदलाभाँश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस