Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश विकास बैंकको हकप्रद शेयर खुल्यो

शुक्रबार, ०६ फागुन २०७३, १३ : ३३ मा प्रकाशित

कैलाश विकास बैंकको हकप्रद शेयर खुल्यो

अर्थ संसार 
काठमाडौं– लगानीकर्तालाई कैलाश विकास बैंकले २० प्रतिशत हकप्रद शेयर  ( ५ः१ को अनुपात)  निष्काशन गरेको छ । फागुन ६ गतेदेखि  १० सम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।  

१०० रुपैयाँ अंकित मूल्यमा ३१ लाख ६० हजार ६७२ कित्ता शेयर निष्काशन गरेको हो । बैंकले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलाई नियुक्त गरेको छ ।

कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स गाभिएर बनेको कैलाश विकास बैंककोे चुक्ता पुँजी हाल १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रद वितरणपश्चात बैंकको चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई  २०७४ असार मसान्तसम्म चुक्ता पुँजी २ अर्ब ५० करोड र्पुयाउन दिएको निर्देशन पुरा गर्न हकप्रद निश्कासन गरेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको