Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको डेढ करोड रुपैयाँ ह्याक

अर्थ संसार

बुधबार, ०८ असोज २०७६, ११ : ०१ मा प्रकाशित

कृषि विकास बैंकको डेढ करोड रुपैयाँ ह्याक

अर्थ संसार, काठमाडौं– कृषि विकास बैंकको लाहान शाखाबाट रकम ह्याक भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्ना निरौलाका अनुसार लाहान शाखाको खाताबाट बैंकको केन्द्रीय कार्यालयमा रकम ट्रान्सफर गरिएको हो । करिब साढे १ करोड रुपैयाँ रकम ह्याक भएको प्रारम्भिक अनुमान गरिएको छ । यद्दपि, अन्तिम विवरण आएको छैन । कर्मचारीलाई दिइएको युजर आइडी र पासवर्ड प्रयोग गरेर पैसा ह्याक गरिएको हो ।

अनुसन्धान जारी रहेकाले ह्याकरले ह्याक गरेका हुन् वा कर्मचारीकै मिलेमतोमा पैसा झिकिएको हो भनेर निर्कोल भइसकेको छैन । प्रहरीले शंकास्पद कर्मचारीहरुलाई पक्राउ गरिसकेको छ । थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण आउन बाँकी छ । ह्याकर वा कर्मचारी कसले प्रणालीभित्र छिरेपछि बैंकको नाफा–नोक्सान खातामा जम्मा भएको रकम ट्रान्सफर गरे भनेर पत्ता लगाउने काम भइरहेको छ ।

लाहान प्रहरी स्रोतका अनुसार कति रकम झिकिएको छ भनेर यकिन भइसकेको छैन । यता, राष्ट्र बैंकले पनि कृषि विकास बैंकको लाहान शाखाबाट रकम झिकिएको जानकारीमा आएको बताएको छ । विस्तृत विवरण आउन बाँकी रहेको तथा कृषि विकास बैंकका उच्च अधिकारीहरुसँग यसबारेमा जानकारी लिने काम भइरहेको केन्द्रीय बैंकले जानकारी गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको