Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको दुई करोड आफ्नै कर्मचारीले चोरे

अर्थ संसार

बुधबार, ०८ असोज २०७६, ११ : ४५ मा प्रकाशित

कृषि विकास बैंकको दुई करोड आफ्नै कर्मचारीले चोरे

अर्थ संसार, काठमाडौं – कृषि विकास बैंकको लाहान शाखाबाट मंगलबार करिब दुई करोड रुपैयाँ चोरी भएको घटनामा बैंककै कर्मचारीको मिलेमतो रहेको रहस्य खुलेको छ ।

प्राप्त जानकारीअनुसार बैंकको सोही शाखामा कार्यरत  तीन जना कर्मचारीले आफ्नो युजरनेम र पासवर्ड अनाधिकृत व्यक्तिलाई दिई सो शाखाका सात जना ग्राहकको खाताबाट रकम ट्रान्सफर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए ।

उनका अनुसार चोरीको घटनामा संलग्न कर्मचारीको पहिचान भइसकेकाले उनीहरु अहिले प्रहरी नियन्त्रण रहेका छन् ।

यस घटनाका बारेमा प्रहरीले आजै दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ ।घटनामा संलग्न व्यक्तिाई  प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ, नीमा तामाङ सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटका लेवाङ तामाङ र लमजुङका विद्या सागरलगायत रहेको बताइए पनि प्रहरीले सबैको नाम खुलाएको छैन । प्रहरीले भन्यो–‘दिउसोसम्म सबैलाई सार्वजनिक गर्छौ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको