अर्थ संसार, काठमाडौं–बि.संं. २०७४ साल श्रावणमा तराईमा गएको भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ ।
उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तर णगरिएको छ । उक्त रकम आज बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानलप्रा.लि. (न्यूज २४) काम हाप्रबन्धक सुधिर राजभण्डारी लाई हस्तान्तरण गर्नु भयो ।
बि.सं. २०७४ श्रावण महिनामा तराई क्षेत्रमा गएको बाढीपिडितबाट घरबार गुमाएका उक्त मुसहर बस्तिका जनताहरुको आबास पुनःनिर्माणको लागि मिति २०७४ साउन ३१ गते जनता बैंकमा‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहतकोष’खाता संचालनगरिएको थियो ।
नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृतीलिई उक्त खातामा विभिन्न ब्यक्तीतथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । उक्तबस्तिमिति २०७५/०७/२७मापूर्व राष्ट्रपतिडा. रामवरण यादवबाट हस्तान्तरण भइसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस