अर्थ संसार, लमजुङ- लमजुङ र गोरखाको सिमानामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज साँझ ६ बजेर ४९ मिनेट जाँदा लमजुङ र गोरखाको सिमाना खरिबोटबाट पाँच किलोमिटर उत्तरतर्फ केन्द्र विन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार २०७२ सालमा गएको भूकम्पको पराकम्प मात्र हो । भूकम्पको धक्काबाट जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस