Like us!
Follow us!
Connect us!
Watch us!
भन्छन् -'साधारण सभा जुधाएर  शेयरधनी मोडि सजिलै एजेन्डाहरु पास गर्ने खराब नियत देखायो'

सिटिजन्स बैंकको नियतमाथि शेयरधनी शिव प्रसाद पौडेलको चर्काे टिप्पणी (भिडियोसहित)

मिलन खड्का

बुधबार, १५ असोज २०७६, १० : ०२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार आफ्नो १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सभामा संचालकहरूले प्रस्ताब गरेका प्रस्ताव मध्य संचालकको पारिश्रमिक, भत्ता र सुविधाको प्रस्ताव शेयरधनीले पारित हुन दिएनन्।

सभामा आफ्नो शेयरधनी शिव प्रसाद पौडेलले दमदार रुपमा आफ्नो भनाई राखे।  सभामा  बोल्दै पौडेलले  हालसालै भएको ह्याकिङ्ग प्रकरण र चोरीको घटना बढेकोले बैंकले यसमा ध्यान पुराउन पर्ने बताए।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित)

एनआइसी एशिया बैंकले आफ्नो  साधारणसभाको सूचना पहिले नै निकाली सकेको र बैंकले सोहि मिति र सोहि समयमा आफ्नो साधारण सभा जुधाएर  शेयरधनीहरु मोडि आफ्ना एजेन्डाहरु पास गर्ने खराब नियत देखायो भन्ने आरोप लगाए।

संस्थापक र सर्वसाधारणलाई लाभांश वितरणमा भेदभाव गरेको र संचालकहरुले भारी मात्रमा आफ्नो पारिश्रमिक बृद्धिको प्रस्ताव गरेकोमा पौडेलेको बिमती थियो ।

हेर्नुहोस् भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको