Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, १२ असोज २०७६, १२ : ५६ मा प्रकाशित

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार, काठमाडौं – सानिमा बैंकको २१.०५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आइतबार (असोज १२ गते) अन्तिम दिन हो । असोज २९ गते हुने वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले सोमबार  बुक क्लोज गर्दैछ ।

बैंकले गत वर्षको नाफाबाट ११.०५२ प्रतिशत नगद र १०५ बोनस सेयर गरी कुल २१.०५२ प्रतिशत लाभांश दिन लागेको हो । साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुनेछ । बैंकले ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । 
 
बोनसमा लाग्ने कर सहित ८८ करोड ४३ लाख ४६ हजार ७५८ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । अघिल्लो वर्ष सानिमाले १४५ नगद लाभांश दिएको थियो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्न २०७५–७६ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सानको हिसाबकिताब प्रतिवेदन छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । 
 
आगामी वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । कुनै उपयुक्त बैंक वा वित्तीय संस्थामा मर्जर वा एक्विजिसनमा जानु परेमा आवश्यक सम्झौता गर्न  सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभा नक्साल ब्यांकेट, नाराणचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
 
हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ । असार मसान्तसम्म सानिमाले २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७३ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको