Like us!
Follow us!
Connect us!
Watch us!

ट्राफिक चिह्न राख्न ज्योति विकासको सहयोग

अर्थ संसार

मंगलबार, १४ असोज २०७६, ०८ : ०४ मा प्रकाशित

ट्राफिक चिह्न राख्न ज्योति विकासको सहयोग

अर्थ संसार, काठमाडौं - सडकमा ट्राफिक चिह्न राख्न ज्योति विकास बैंकले आर्थिक सहयोग गरेको छ । काठमाडौंको टोखा नगरपालिकास्थित टोखादेखि झोरको मालुङसम्म विभिन्न ७० वटा ट्राफिक चिह्न राख्न सोमवार बैंकले आर्थिक सहयोग प्रदान गरेको हो ।

टोखा नगरपालिका–२ द्वारा आयोजित जनचेतना कार्यक्रममा बैंकले आफ्नो ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत उक्त सहयोग गरेको जानकारी दिएको छ । दुर्घटना न्यूनीकरण र चेतनाका लागि बैंकले उक्त सहकार्य गरेको उल्लेख गरेको छ ।

कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

5d92b9195772f.jpg 5d92b9196b623.jpg 5d92b91989304.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको