Like us!
Follow us!
Connect us!
Watch us!

जनाता बैंकको बैकिङ्ग साक्षरता र स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, १४ असोज २०७६, १४ : ४२ मा प्रकाशित

जनाता बैंकको बैकिङ्ग साक्षरता र स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न

अर्थ संसार, काठमाडौं– जनता बैंक र नेपाल रेडक्रस सोसाइटी, कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा पनौती नगरपालिका वडा नं. २ र ३ मा तीनदिनेबैंकिङ्क साक्षरता तथा आधारभुत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ ।

 असोज ११, १२ र १३ गते गरी ३ दीन सम्म संचालित उक्त कार्यक्रममा पनौती नगरपालिका वडा नं. २ र ३ का जनप्रतिनितिहरु, जनता बैंक पनौती शाखाका कर्मचारीहरु, उक्त क्षेत्रमा रहेका सहकारीका कर्मचारीहरु, विद्यालयका शिक्षकहरु र कुशादेवी क्याम्पसका विद्यार्थीहरु गरी करिव १०० जना वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएका थिए ।

त्यसैगरी वडा नं. २ र ३ को दैविप्रकोप जोखिम न्युनीकरण समितिले वडाका भौगोलिक क्षेत्र समेटीने गरी छनौट गरेका २४ जना सहभागीहरुलाई मान्यता प्राप्त प्रशिक्षकद्वारा पाठ्यक्रममा आधारित ३ दिने आधारभुत प्राथमिक तालिमप्रदान गरिएको थियो । उक्त तालिम लिएका ब्यक्तिहरुले गाउँमा आइपर्ने कुनै घटनाबाट घाइते हुनपुगेकाहरुलाई प्राथमिक उपचार गरी नजिकको स्वास्थ्य संस्थामा पठाउन सक्ने छन् ।

5d9315ad48011.jpg 5d9315ad7d074.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको