अर्थ संसार, काठमाडौं- मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २४ लाख ८७ हजार २७८ कित्ता शेयर बोलकबोलमा असोज ३० गते अर्थात बिहीबारबाट बजारमा बिक्री खुल्ला हुदैछ ।
प्रथम पटक निक्कासन हुँदा नविकेको शेयर अहिले बोलकबोलमा निश्कासन गर्न लागेको हो ।
कम्पनीले संस्थापक १८ लाख ६० हजार ७२१ कित्ता र सर्वसाधारण शेयर ६ लाख २६ हजार ५५७ कित्ता शेयर बोलकबोलमा निश्कासन गर्दैछ । लगानीकर्ताले असोज ३० गतेदेखि कात्र्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बोलकबोल शेयर भएकोले लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँदेखि माथि जतिपनि रुपैयामा आवेदन दिन सक्नेछन् । तर, आवेदनेको माग र शेयर संख्याको अनुपात हेरी शेयर बाँडफाँड गरिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस