Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा पाँच कम्पनीको आयो करिब ८० लाख कित्ता सेयर

आइतबार, ०८ फागुन २०७३, १३ : १५ मा प्रकाशित

बजारमा पाँच कम्पनीको आयो करिब ८० लाख कित्ता सेयर

अर्थ संसार 
काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस र हकप्रद गरी ७९ लाख ९७ हजार तीन सय ७९ दशमलव ५६ कित्ता सेयर सुचिकृत भएको छ ।

मितेरी डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स,  शिखर इन्स्योरेन्स, एस डेभलपमेन्ट बैंक र स्वरोजगार लघुवित्तले उक्त परिमाणमा बोनस तथा हकप्रद सेयर सुचिकरण गराएका हुन् ।

जसमा सबैभन्दा बढि सेयर शिखर इन्स्योरेन्सको ३० लाख ७७ हजार सात सय १० कित्ता बोनस सुचिकृत भएको छ ।

एस डेभलपमेन्ट बैंकको २० लाख ३१ हजार सात सय ४१ कित्ता बोनस सेयर सुचिकरण हुँदा मितेरी डेभलपमेण्ट बैंकले १० लाख ५६ हजार तीन सय ६९ दशमलव ६० कित्ता हकप्रद तथा छ लाख ३३ हजार आठ सय २१ दशमलव ७६ कित्ता बोनस सेयर पनि सुचिकृत गराएको छ ।

यसै साता सिद्धार्थ इन्स्योरेन्सले १० लाख ३४ हजार पाँच सय ५० कित्ता बोनस सेयर सुचिकृत गराएको छ भने स्वरोजगार लघुवित्तको एक लाख ६३ हजार एक सय ८७ दशमलव २० कित्ता बोनस सेयर करोबारका लागि नेप्सेमा सुचिकरण भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको