Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको आइपिओ निश्कासन गर्ने

अर्थ संसार

विहीबार, ३० असोज २०७६, १५ : २९ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको आइपिओ निश्कासन गर्ने

अर्थ संसार, काठमाडौं– सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले होटल हिमालयमा बुधबार आफ्नो दोश्रो वार्षिकसाधारण सभा सम्पन्न गरेको छ ।

उक्त सभामा सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल हुनुका साथै विभिन्न प्रस्तावहरु पारित भएका छन् ।

पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४÷०७५ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ ।

त्यसै गरी उक्त सभामार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्तिगर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ । यसै सभाबाट कम्पनीकोे सञ्चालक समितिको रिक्त एक पदमा दिपप्रकाश पाण्डे निर्विरोध निर्वाचित हुनुका साथै सर्वसाधारणहरुको लागि रु ७५ करोडको  शेयर सार्वजनिक निष्काशन समेत गर्ने निर्णय समेत पारित गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको