अर्थ संसार, काठमाडौं- बार्सिलोना ला लिगाको शिर्षस्थानमा उक्लिएको छ । शनिबार भएको खेलामा इवारलाई 0-३ गोल अन्तरले पाखा लगाउँदै ला लगाको शिर्ष स्थानमा उक्लिएको हो ।
बार्सिलोना ८खेलबाट ६ जित १ बराबरी र दुई हारका साथ १९ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । इवरको मैदानमा भएको खेलामा मेस्सी, एन्टोइन ग्रिजमन र लुइस सुआरेजले गोल गरेका थिए । बार्सिलोनाले खेलको १३औं मिनेटमा ग्रिजमनको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ग्रिजमनले क्लेमेन्ट लेङ्लेटको पासमा गोल गरेका थिए ।
घरेलु टोलीलाई दवावमा राख्दै दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो । ५८औं मिनेटमा कप्तान मेस्सीले ग्रजमनको पासमा गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए । ६७औं मिनेटमा लुइस सुआरेजले कप्तान मेस्सीको पासमा गोल गर्दै बार्सलोनाको ३–० को जित पक्का गरेको थियो ।
रियाल म्याड्रिडले मर्लोकाको भ्रमण गर्दैछ । अपराजित रहेको रियाल म्याड्रिड ८ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ग्रानडा ९ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस