Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

प्रजना राई

सोमबार, ०४ कार्तिक २०७६, १० : २७ मा प्रकाशित

सनराइज बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

अर्थ संसार,- काठमाण्डौ सनराइज बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन धितोपत्र बोर्डले अनुमति दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न  अनुमति पाएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.२५५ ब्याजदर पाइनेछ । बैंकले ८ वर्ष अवधिको ‘१०.२५५ सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको