Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दाको मिसिल झिकाउन उच्च अदालत पाटनलाई सर्वोच्चको आदेश

प्रजना राई

मंगलबार, ०५ कार्तिक २०७६, ०० : २९ मा प्रकाशित

मुद्दाको मिसिल झिकाउन उच्च अदालत पाटनलाई सर्वोच्चको आदेश

अर्थ संसार, काठमाण्डौ - सर्बोच्च अदालतले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको इजलाशमा  पूर्व बैंकर अजय श्रेष्ठको मुद्दामा  उच्च अदालत पाटनलाई  मिसिल झिकाउन आदेश दिएको छ । सर्बोच्चले तत्कालीन बैंक अफ काठमाण्डूका पूर्व बैंकर  अजय श्रेष्ठलाई थुनामा राख्नुको कारण पनि खोजेको छ ।

पूर्व बैंकर अजय श्रेष्ठ  बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृत हुँदा श्रेष्ठले नक्कली फाइलमा हस्ताक्षर गरेर ऋण दिएको आरोपमा उच्च अदालत पाटनले पूर्पक्षमा थुनामा पठाउने निर्णय गरेको थियो । उनी उच्च अदालत पाटनको थुनामा राख्ने आदेशको विरुद्धमा फौजदारी कार्य्विधि संहिताको दफा ७३ को व्यवस्थाअनुसार  सर्बोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका थिए । 

सुरेन्द्र श्रेष्ठले ४ वर्ष अगाडी झापाको बिरिङ खोलाभित्र पर्ने जग्गाको नक्कली धनीपूर्जा देखाएर  बैंक अफ काठमाण्डूबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । ती ऋणीले ऋणको सावाँ र ब्याज नतिरेपछि बैंकले अनुसन्धान गर्दा खोलाभित्र पर्ने जग्गाको पुर्जा बनाएर ऋण लिई बैंकलाई ठगी गरेको तथ्य फेला परेको थियो । यस्तो तथ्य फेला परेपछि बैंकले केही  ऋणी सुरेन्द्र श्रेष्ठलाई बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएको थियो । तर,यो घटना  प्रहरी ,बैंकका कर्मचारी हुँदै सीइओ श्रेष्ठसम्म पुग्यो ।
श्रेष्ठ बैंक अफ काठमाण्डूबाट  ०७४ असार मसान्तबाट बाहिरिएका थिए । 

श्रेष्ठ सँग ३२ बर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । श्रेष्ठ राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनहरु इमान्दारी साथ पालना  गर्थे । कसैको दबाब र लोभमा नपरी नियम र कानूनभित्र रहेर काम गर्ने गरेको उनीसँगै काम गरेका बैंकरहरु बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको