Like us!
Follow us!
Connect us!
Watch us!

अझै ५० कम्पनीले तिरेनन् नवीकरण शुल्क

अर्थ संसार

मंगलबार, ०५ कार्तिक २०७६, ०८ : ०५ मा प्रकाशित

अझै ५० कम्पनीले तिरेनन् नवीकरण शुल्क

अर्थ संसार, काठमाडौं- नेप्सेले कारोबार गर्न रोक लगाएका ८२ कम्पनीहरूमध्ये सोमबारसम्ममा ३२ सूचीकृत कम्पनीहरूले नवीकरण शुल्क तिरेका छन् । अझै ५० कम्पनीले नवीकरणको शुल्क तेरेका छैनन् ।

नेप्सेले वार्षिक नवीकरण शुल्क नतिरेका कारण ८२ कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । नवीकरण शुल्क तिरेसँगै ती कम्पनीको सेयर कारोबार पुनः सुचारु भएको नेप्सेले बताएको छ ।

धितोपत्र सूचीकरण नियमावली, २०७५ अनुसार ५० करोड रुपैयाँबराबरको सूचीकृत सेयर भएको कम्पनीले वार्षिक ५० हजार र सोभन्दा धेरै चुक्ता पुँजी हुने कम्पनीले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

कम्पनीहरूले आर्थिक वर्ष समाप्त भएको पहिलो त्रैमास अर्थात् पहिलो ३ महिनाभित्र सो नवीकरण शुल्क बुझाउनुपर्नेछ ।

सो अवधिमा शुल्क नबुझाएका कम्पनीहरूको सेयर कारोबार रोक्का गरिने सो नियमावलीमा व्यवस्था गरिएको छ ।

कारोबार रोक्का भएका कम्पनीहरूले नवीकरण शुल्क बुझाउनेबित्तिकै कारोबार पुनः सञ्चालन हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको