Like us!
Follow us!
Connect us!
Watch us!

भारतमै बन्न थाल्यो आइफोन, सस्तो स्मार्टफोन बजारसँग एप्पलको प्रतिस्पर्धा

प्रजना राई

मंगलबार, ०५ कार्तिक २०७६, १३ : ५१ मा प्रकाशित

भारतमै बन्न थाल्यो आइफोन,  सस्तो स्मार्टफोन बजारसँग एप्पलको प्रतिस्पर्धा

अर्थ संसार, काठमाडौं- विश्वको दोस्रो ठूलो स्मार्टफोन बजारमा एप्पलले आफ्नो हिस्सा भारतमा विस्तार गरेको छ ।  भारतमा एसेम्बल भएको विश्व प्रख्यात आइफोन एक्सआर बिक्री सुरु गरेको हो ।

 
भारतको प्रख्यात ‘फक्सकन इन्डिया’ ले यी फोनहरुलाई एसेम्बल गरेको छ । यसले गर्दा क्यालिफोर्नियाबाट पूर्ण निर्माण भई आउने फोनमा लाग्ने उच्च करबाट भारतले छुट्कारा पाउने छ । जसबाट आइफोनको मूल्य घट्ने भएपनि भारतको सस्तो स्मार्टफोन बजारसँग भने अझै संघर्ष गर्नुपर्ने देखिएको छ ।
ठूलो अर्थतन्त्र भएको देश भारतलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्मार्टफोनको हब बनाउन लागिपरेका छन् । भारतमा निर्माण भएको आइफोन एक्सआर ६४ जीबी फोनको मूल्य ४९ हजार ९०० भारतीय रुपैयाँ रहेको छ । सोमबार भारतीय बजारमा आइफोन एक्सआर “एसेम्बल्ड एन इन्डिया” ट्यागमा स्मार्टफोन पसलहरुमा बिक्री भएको पाइएको छ ।


एप्पल जस्ता कम्पनीहरूले संयुक्त राज्य अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धको प्रभाव कम गर्न भारतलाई निर्यात हबको रूपमा प्रयोग गर्न खोजिरहेका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको